७६औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न
News Desk
Dec-11 , 2024 तारिख 01:33 बिहान

 मंसिर २५ गते, मंगलबार, युनाइटेड नेचर इन्टरनेशनल पीस (युनिप) नेपाल च्याप्टर र नेपाल मानव अधिकार संगठन काठमाण्डौ महानगरपालिका वडा नं १५ को संयुक्त आयोजनामा स्वयम्भू स्थित धर्मचक्र पार्कमा ७६औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता नेपाल मानव अधिकार संगठन काठमाण्डौ महानगरपालिका वडा नं १५ का अध्यक्ष दीपक चन्द्र गौतमले गर्नुभएको थियो। प्रमुख आतिथ्य नेपाल मानव अधिकार संगठनका संगठन विभाग प्रमुख रबिन सिंह बस्नेतले ग्रहण गर्नुभएको थियो।

उक्त कार्यक्रममा युनाइटेड नेचर इन्टरनेशनल पीस नेपाल च्याप्टरकी कोषाध्यक्ष मन्जु श्रेष्ठ, नेपाल च्याप्टरका सदस्यहरू, तथा नेपाल मानव अधिकार संगठन वडा नं१५ का सल्लाहकार शंकर अर्याल र सचिव अशोक खनाल लगायत संगठनका जिल्ला सचिव र सदस्यहरूको उपस्थिति रहेको थियो।

नेपाल मानव अधिकार संगठन काठमाण्डौ वडा नं १५ ले हरेक वर्ष अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्दै आएको छ। यो कार्यक्रमले मानव अधिकारको महत्वलाई उजागर गर्दै सबैमा मानव अधिकारको सम्मान र संरक्षणप्रतिको भावना अभिवृद्धि गर्न योगदान पुर्‍याउने विश्वास गरिएको छ।