नागार्जुन नगरपालिकाका हिँडडुल गर्न असमर्थ दुईजनालाई ह्वीलचेयर वितरण
News Desk
Dec-11 , 2024 तारिख 12:54 बेलुका

 मंसिर २६ गते, मंगलबार, नागार्जुन नगरपालिकाका हिँडडुल गर्न असमर्थ दुईजनालाई ह्वीलचेयर वितरण गरिएको छ। यो मानवीय पहल बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था बस्त नेपाल र युनाइटेड नेचर इन्टरनेशनल पिस (UNIP) नेपाल च्याप्टरको सहकार्यमा सुन्दर ढोका साथी सेवा संस्थाद्वारा सम्पन्न गरिएको हो।

ह्वीलचेयर वितरणपछि अशक्त बालबालिका र बिरामीहरूलाई यात्रा गर्न सहज भएको छ। यसले उनीहरू र उनीहरूको परिवारमा खुसी ल्याएको छ। बिरामी र उनीहरूको आफन्तहरूले यस्तो मानवीय कार्यमा सहयोग गर्ने संस्थाहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

उक्त अवसरमा युनाइटेड नेचर इन्टरनेशनल पिस (UNIP) नेपाल च्याप्टरको तर्फबाट हरिशरण मानन्धर र मुकुन्द खनालको उपस्थिति रहेको थियो।