१८ वर्षीया सूचिना घलेको हत्या प्रकरण: अभियुक्त सार्वजनिक
News Desk
Dec-11 , 2024 तारिख 07:19 बिहान

गोरखा बारपाककी १८ वर्षीया सूचिना घलेको हत्या आरोपमा प्रहरीले बारपाक सुलिकोट गाउँपालिका-१ का ४३ वर्षीय मनसम्जेर गुरुङलाई सार्वजनिक गरेको छ।

प्रहरीका अनुसार सूचिना घले मंसिर १५ गते घाँस काट्न जंगल गएको र त्यसपछि घर नफर्केपछि उनको खोजी थालिएको थियो। तीन दिनपछि, जंगलभित्र गाडिएको अवस्थामा उनको शव फेला परेको थियो।

घटनाको प्रारम्भिक अनुसन्धानले अभियुक्त गुरुङले घाँस काटिरहेका अवस्थामा सूचिनालाई एक्लै देखेर बलात्कार प्रयास गरेको र प्रतिकार गरेपछि हत्या गरेको देखाएको छ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाइरहेको छ भने पीडित परिवारलाई न्याय दिलाउन कानुनी प्रक्रिया तीव्र पारिएको छ।