ग्लोरी किड्स ट्यालेन्ट २०२४ को ग्रान्ड फिनाले भव्य रूपमा सम्पन्न
News Desk
Dec-16 , 2024 तारिख 09:36 बिहान

ग्लोरी मिडियाद्वारा आयोजित ग्लोरी किड्स ट्यालेन्ट २०२४ को बहुप्रतीक्षित ग्रान्ड फिनाले १५ डिसेम्बरका दिन राष्ट्रिय नाचघर, जमलमा भव्यताका साथ सम्पन्न भयो। बाल प्रतिभाको उत्सवका रूपमा गरिएको यस प्रतियोगितामा लुब्ना चन्द विजेता घोषित भइन भने पुर्णिमामा तिमल्ल्सिना र बिपिका राईले क्रमशः प्रथम र द्वितीय उपविजेताको उपाधि जिते।

कार्यक्रममा प्रमुख अतिथि नेपाल चेम्ब​र​ अफ​ कम​र्स​की उपाध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडकी सीईओ उर्मिला श्रेष्ठले बालबालिकामा गरिएको लगानी उज्ज्वल भविष्यको आधार भएको बताइन। उनका अनुसार यस्ता कार्यक्रमले बालबालिकाको प्रतिभा उजागर गर्न र उनीहरूलाई आत्मविश्वासी बनाउने काम गर्छन।

प्रतियोगिताले मुख्य उपाधिसँगै विभिन्न विशेष उपाधिहरू प्रदान गरी सहभागीहरूको विशिष्ट प्रतिभालाई सम्मान गरेको थियो। आयोजकको रोजाइमा सुप्रिया सुन्दास, सबैभन्दा लोकप्रियमा अबिना अर्याल, दर्शकको रोजाइमा सुवर्ण न्यौपाने, र सबैभन्दा मनमोहक, उत्तम व्यक्तित्व, र उत्तम वक्ता उपाधिमा लुब्ना चन्द चयन भइन। त्यस्तै, पुर्णिमा न्यौपाने सबैभन्दा प्रतिभाशाली घोषित भइन भने साकम्बरी बर्देवा सबैभन्दा सिर्जनशील र उत्तम वाकको विजेता बनिन। अन्य उपाधिहरूमा प्रयूष बोगटीले उत्तम पहिरन र फोटोजेनिकको उपाधि जिते भने पुर्णिमा तिमलसिना सबैभन्दा बौद्धिक घोषित भइन।

विजेता र उपविजेताहरूले नगद पुरस्कार क्रमशः २५,०००, १५,०००, र १०,००० रुपैयाँ  साथै आकर्षक गिफ्ट ह्याम्पर पनि प्रदान गरियो।  प्रतियोगीहरूलाई प्रशंसा गर्दै ग्लोरी मिडियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक सरोज ओझाले उनीहरूले आफ्नो प्रतिभा सचेतना एनटिभी न्यूज कार्यक्रममा प्रस्तुत गर्न पाउने जानकारी गराए।

यस प्रतियोगिताले बालबालिकाको सिर्जनशीलता, आत्मविश्वास, र क्षमता उजागर गर्दै नेपाली समाजमा बाल विकास र सशक्तिकरणको नयाँ मञ्च प्रस्तुत गरेको छ। आयोजकका अनुसार, यस्तो कार्यक्रमले बालबालिकालाई प्रेरणा दिँदै उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

धेरै पढिएको