News Desk
सभामुख देवराज घिमिरेले विद्यालय नै खेलाडी उत्पादन गर्ने मुहान भएको बताएका छन।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन। उनले विद्यालय क्षेत्रलाई नै खेलकुदको महत्त्वपूर्ण क्षेत्र बनाएर जानुपर्ने बताए। उनले पछिल्लो समय आफ्ना सन्तानलाई खेलकुदमा लगाउने अभिभावक बढ्दै गएको बताए।
उनले खेलाडी उत्पादनमा निजी विद्यालयहरूको भूमिका अग्रणी रहेको बताए। उनले खेलकुदका भौतिक पूर्वाधार निर्माण गरेर विद्यार्थीलाई आकर्षित गर्न जरुरी रहेको बताए।
सभामुख घिमिरेले भने, ‘विद्यालय क्षेत्रलाई नै खेलकुदको महत्त्वपूर्ण क्षेत्र बनाएर प्याब्सन, एनप्याब्सन लगायतका निजी क्षेत्रका विद्यार्थीले बढी चासो राखेका छन। लगानी पनि निजी क्षेत्रबाट बढी भएको छ। खेलाडीहरू उत्पादन हुने स्रोत वा मुहान नै विद्यालय हो।’
सभामुख घिमिरेले खेलकुदलाई राज्यले पनि महत्त्वका साथ लिनुपर्ने बताए।