डोटीको के आई सिंह गाउँपालिकाले टुहुरा तथा अनाथ बालबालिकाका लाई पढाउँदै
News Desk
Dec-19 , 2024 तारिख 05:51 बेलुका

डोटीको के आई सिंह गाउँपालिकाले टुहुरा तथा अनाथ बालबालिकाका लाई पढाउन थालेको छ। दुई वर्षकै उमेरमा आमाले छोडेपछि बडी केदार गाउँपालिका ३ धारा पानी दुर्गम गाउँमा हुर्किएकी दीपाले ६ वर्षको उमेर हुँदासम्म स्कुल देख्न पाइनन् । सोही गाउँका ९ वर्षीय भक्तबहादुर रोका मगरलाई पनि आमाले कलिलै उमेरमा छोडेर अर्को विवाह गरे पछि अलपत्र परेका उनीहरूलाई अहिले के आई सिंह गाउँपालिकाले टुहुरा तथा अनाथ बालबालिकाका लागि सञ्चालनमा ल्याएको छात्रावासमा छन् ।

छात्रावासमा उनीहरूजस्तै अरू ११ विद्यार्थी रहेका छन् ।जसमध्ये कसैले आमा गुमाएका छन् त कसैले बुबा । गरिबी र आफन्त अभाव झेलेका उनीहरूलाई  गाउँपालिकाको वडा नम्बर ४ मा रहेको सरस्वती आधारभूत विद्यालयको  छात्रावासमा पढेर पढिरहेका छन् ।

गाउँपालिकाले खाना आवास, स्टेसनरी खर्चदेखि औषधी उपचारको समेत जिम्मा लिएर यसै वर्ष देखि  टुहुरा तथा अनाथ बालबालिकालाई कक्षा ५ सम्म निःशुल्क रूपमा पढाउन सुरु गरे पछि बालबालिका खुसी भएका छन् । लामो समयदेखि टुहुरा बालबालिकाको पठनपाठनका लागि तयारी गरिरहे पनि चालु आर्थिक वर्षबाट मात्र सुरुवात गर्न सफल भएको   के आई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताउनुभयो