News Desk
काठमाण्डौं । एनप्याब्सन बागमती प्रदेश अध्यक्ष नारायण कुमार कार्की राष्ट्रिय गौरव सम्मान २०२४ बाट सम्मानित हुनुभएको छ। दाहाललाई नेपालमा विद्यालय तहको शिक्षा तथा बालबालिकाहरुको शैक्षिक विकासका लागि पुर्याउदै आउनु भएको भूमिकाको उच्च मुल्यांकनसहित ‘राष्ट्रिय गौरव सम्मान २०२४’ बाट विभुषित गरिएको आयोजक संस्था ग्लोरी मिडियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक सरोज ओझाले बताउनुभयो । भोजपुरमामा जन्मनुभएका कार्की काठमाण्डौं डल्लु् स्थित लिटिल बुद्धज एकेडेमीका प्रिन्सिपल समेत हुनुहुन्छ ।
नेपाल टेलिभिजनबाट सचेतना कार्यक्रम संचालन गर्दै आएको ग्लोरी मिडियाले सो कार्यक्रम प्रसारण भएको १५ वर्ष पुगेको अवसर पारेर विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुसशित केही संस्थाहरुलाई राष्ट्रिय गौरव सम्मान प्रदान गरेको थियो ।
दाहालसँगै नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, नेपाल महिला चेम्बरकी अध्यक्ष एवम साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी सिईओ उर्मिला श्रेष्ठ, बरिष्ठ बाल रोग विशेषज्ञ डा। हरिकृष्ण बास्कोटा, राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जन, अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी, पारा ओलम्पिककी एेतिहसिक पदक विजेता पलेशा गोवद्र्धन, एनप्याब्सनका महासचिव तथा बाल साहित्यकार पारसमणी दाहाल, नेपालको पहिलो हरित विद्यलय बज्र एकेडेमीका कार्यकारी निर्देशक भुपेन्द्र बिक्रम थापालाई सम्मानित गरियो ।
त्यस्तै, ग्लोरी मिडियाले साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश कुमार झा, लेखक एवम साहित्यकार अनिश घिमिरे, घरेलु तथा साना उद्योग महासंघ नेपालका उपाध्यक्ष मोहन कटुवाल, ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्य, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, लेखक एवम सर्जक शिव न्यौपाने, शिक्षासेवी, धर्मसेवी एवम समाजसेवी भिक्षु राजु लामा कोन्दन, एनप्याब्सन बागमती प्रदेश अध्यक्ष नारायण कुमार कार्की, शिक्षासेवी अशोक सुन्दर श्रेष्ठ, मानव अधिकारकर्मी एवम समाजसेवी दिपक चन्द्र गौतम, नेपाल चेम्बर अफ कमर्सकी केन्द्रिय सदस्य एवम नेपाल क्यान्सर अस्पतालकी निर्देशक स्वरुपा श्रेष्ठ, ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्य, काठमाडौं उद्योग वाणिज्य संघकी सचिव एवम बरिष्ठ सौन्दर्यविद सुष्मा महरा शाह, नमस्ते ट्राभल एण्ड टुरिजम एलएलसी, युएईका प्रबन्ध निर्देशक नानुकाजी अर्याल, अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्य, एभेण्टोज नेपालका सिईओ डेभिल सिंह राजपुत र इभेन्ट स्टेज व्यवस्थापक तथा डिजिटल डिस्प्ले अपरेटर रमेश श्रेष्ठ र नवप्रभात डेरी उद्योगका अध्यक्ष खुलप्रसाद हुमागाईं (काजी दाई), युवा व्यवसायी अजयकुमार श्रेष्ठ र नेपालको पहिलो हरित विद्यालय बज्र एकेडेमी तथा ग्लोकल वर्कफोर्स नेपाललाई यस वर्षको राष्ट्रिय गौरव सम्मान समर्पण गरेको छ ।