News Desk
सखुवा प्रसौनी, पर्सा | नेपाल प्रिमियर लिगको पहिलो संस्करणको फाइनलमा मधेश प्रदेशको तर्फबाट जनकपुर बोल्टसले ऐतिहासिक जित हासिल गरेको छ। यस गौरवपूर्ण उपलक्ष्यमा सखुवा प्रसौनी गाउँपालिकाले भोलि मिति ०७ गते आइतबार एक दिनको स्थानीय विदा दिने निर्णय गरेको छ।
गाउँ कार्यपालिकाको मिति ०६ गते बसेको बैठकले लिएको निर्णय अनुसार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, र स्वास्थ्य चौकीमा अत्यावश्यक सेवा बाहेकका सेवा बन्द रहने छ।
गाउँपालिका अध्यक्ष जसवन्त यादवले यो जितले मधेश प्रदेशको गौरव बढाएको बताउँदै सम्पूर्ण स्थानीयवासीलाई खुसीयालीमा सहभागी हुन आह्वान गरेका छन। साथै, उनले जनकपुर बोल्टसको जितले खेलकुद क्षेत्रमा मधेश प्रदेशको पहिचान थप बलियो बनाएको उल्लेख गरे।