डा. रामप्रसाद पोख्रेल आँखा अस्पतालमा आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यभन्दा बढी सेवा प्रदान
News Desk
Dec-23 , 2024 तारिख 06:31 बिहान

धनकुटा |सल्लेरीमा रहेको डा. रामप्रसाद पोख्रेल आँखा अस्पतालमा आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यभन्दा बढी सेवा प्रदान गरेको जनाएको छ। चौधौँ साधारण सभाको अवसरमा अस्पतालले लक्ष्यभन्दा बढी सेवा दिइएको जनाएको हो। नेपाल नेत्र ज्योति संघ धनकुटाद्धारा सञ्चालित अस्पतालले आर्थिक वर्ष २०८०÷०८१ मा अस्पतालले १७ हजार जनालाई सेवा दिने लक्ष्य राखेकोमा १९ हजार ४६ जनालाई सेवा प्रदान गरेको जनाएको छ।

 

 

जसअनुसार अस्पतालले लक्ष्य भन्दा बढी १ हजार ६ सय १६ जनालाई सेवा प्रदान गरेको डा. रामप्रसाद पोख्रेल आँखा अस्पतालका सचिव देव बहादुर खड्काले जानकारी दिनुभयो। अस्पतालमा कोशी प्रदेशका पहाडी जिल्ला धनकुटा सहित तेह्रथुम, भोजपुर, संखुवासभा र ताप्लेजुङका स्थानीय सेवा लिन आउने गरेका छन्।

पूर्वि पहाडी जिल्लाका आँखा रोगीहरुमा सेवा पुर्‍याउने उदेश्यले २०७० साल मंसिरदेखी अस्पतालले सेवा गर्दै आएको हो। यस अस्पतालले दैनि ५० देखी ७० जनासम्मको बहिरंग सेवामा आँखा रोगी बिरामीको उपचार गर्दै आएको छ। आँखा अस्पतालमा नियमित बहिरंग (इएत्) सोवा ११ हजार ४ सय ८३ जना, मोतिविन्दु अप्रेसन (अस्पताल) २ सय ४० जना, अन्य अप्रेस (अस्पताल) ६३ जना, शिविर बहिरंग (इएत्) सेवा २ हजार ८ सय जना, मोतिविन्दु अप्रेसन (शिविर) २ सय २१, अन्य अप्रेसन (शिविर) २२ जना, विद्यार्थी आँखा जाँच कार्यक्रम ३ हजार ६ सय २० जना, महिला स्वयम् सेविका÷शिक्षक अभिमुखिकरण तालिम १ सय ५८ जना, मोतिविन्दुको छनोट शिविर १६ जना र निःशुल्क विद्यार्थी चस्मा वितरण ४ सय २३ जन गरी गरी जम्मा १९ हजार ४६ जनालाई सेवा प्रदान गरेको छ।

डा. रामप्रसाद पोख्रेल आँखा अस्पतालले धनकुटा जिल्लाका सात वटै स्थानिय तहका विभिन्न स्थान तथा वडामा शिवर संचालन गरी सेवा प्रदान गर्दै आएको जनाएको छ। त्यस्तै अस्पतालले आर्थिक अवस्था कमजोर विद्यार्थीहरुका लागी निःशुल्क चस्मा वितरण, मोतिया विन्दु भएर आर्थिक अवस्था कमजोर भएकाहरुका लागी निःशुल्क अप्रेसन गर्दै आएको जनाएको छ।

धेरै पढिएको