News Desk
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापति बनाएको छ। सोमवार बसेको रास्वपा सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो।
सभापति रवि लामिछानेले पठाएको पत्रका आधारमा पार्टीको सचिवालयमा प्रस्ताव गरिएको र सचिवालय बैठकले अनुमोदन गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
भर्चुअलरूपमा भएको सचिवालय बैठकमा केन्द्रीय समिति बैठक छिट्टै बोलाउने निर्णय पनि भएको छ।
रास्वपा सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरणलगायत कसुरमा कास्कीमा मुद्दा दर्ता भएको छ। उनी हाल प्रहरी हिरासतमा छन। उनीमाथि अदालतमा थुनछेक बहस हुँदै छ।