दक्षिण एशियाकै सबैभन्दा ठूलो एआई शिक्षासम्बन्धी कार्यक्रम नेपालमा आयोजना हुँदै
News Desk
Dec-26 , 2024 तारिख 10:11 बेलुका

काठमाडौं, पौष १० – नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट (णाआमीई) ले आगामी पौष १२ देखि २२ गतेसम्म आयोजना गर्न लागेको 'एनुअल नेपाल एआई स्कूलं (आणाईष्) को घोषणा गरेको छ। ११ दिने यो शैक्षिक कार्यक्रम आर्टिफिसियल इन्टेलिजेन्स (आई) को आधारभूत सिद्धान्तदेखि अत्याधुनिक प्रयोगसम्म केन्द्रित रहनेछ।

पाँचौं संस्करणको विशेषता
यो प्रतिष्ठित कार्यक्रम दक्षिण एशियाकै सबैभन्दा ठूलो र विशिष्ट एआई शैक्षिक मञ्च मानिन्छ। यसमा विश्वभरका वैज्ञानिक, प्राध्यापक, र विद्यार्थीहरूलाई एआईसम्बन्धी गहन व्याख्यान, प्रयोगशाला अभ्यास, र परियोजना कार्यहरूमा सहभागी गराइनेछ।

कार्यक्रम ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेशनल स्कूलमा आयोजना हुनेछ। स्नातक, स्नातकोत्तर, र पीएचडी तहका २०० विद्यार्थी तथा एआई क्षेत्रमा काम गर्ने पेशेवरहरू सहभागी हुने अपेक्षा गरिएको छ।

गत वर्षको सफलताको निरन्तरता
बिगत चार संस्करणमा ४० भन्दा बढी देशका ५५० भन्दा बढी विद्यार्थीहरू सहभागी भएका थिए। “सानो ठाउँबाट ठूला परिवर्तन ल्याउन सकिन्छ” भन्ने नारासहित, यस वर्षको एआई स्कूलले नेपाली र अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई विश्वस्तरका नवीनतम प्रविधिहरूसँग परिचित गराउने लक्ष्य राखेको छ।

कार्यक्रमका मुख्य आकर्षण
विश्वभरका २५ जना वैज्ञानिक र प्राध्यापकहरूले तीन प्रमुख क्षेत्रहरूमा केन्द्रित व्याख्यान र कार्यशाला सञ्चालन गर्नेछनः

गेओमेत्रिच डेएप लेअर्निङ्

फोउन्द​तिओन​ल मोदेल्स अन्द आप्प्लिच​तिओन्स्

मोदेर्न आई प्र​च्तिचेस्

महत्वपूर्ण अवसर
णाआमीई का निर्देशक तथा अनुसन्धान वैज्ञानिक विशेष खनालका अनुसार यो कार्यक्रम दक्षिण एशियामा अन्तर्राष्ट्रिय विशेषज्ञहरूसँग सिक्ने र अन्तरक्रिया गर्ने सुनौलो अवसर हो। उनले भने, “नेपालमा एआईको उपयोगलाई प्रवर्द्धन गर्न सरकारको योजना र नीति तयारी भइरहेका बेला, यो कार्यक्रमले महत्वपूर्ण छलफलहरू सिर्जना गर्न तथा नेपालमा एआई विशेषज्ञता निर्माण गर्न मद्दत गर्नेछ।”

सहयोगी र साझेदारहरू
यस कार्यक्रमलाई सफल बनाउन एफवन सफ्ट, इसेवा, फोनेपे, यूके इन्टरनेशनल डेभलपमेन्ट, एशिया फाउन्डेसन, डाटा फर डेभलपमेन्ट इन नेपालजस्ता साझेदारहरूको महत्वपूर्ण भूमिका रहनेछ। यंग इनोभेसन्स, सेक्युरिटीपल, गुगल, र फ्युजमेसिन्स पनि मुख्य समर्थनकर्ताका रूपमा जोडिएका छन।

भविष्यको दिशा
णाआमीई का शिक्षा विभाग प्रमुख आलोक खत्रीका अनुसार यो कार्यक्रमले केवल शैक्षिक ज्ञान प्रदान गर्ने मात्र होइन, ११ दिनको अवधिमा विश्वस्तरीय विशेषज्ञहरूसँग सिक्ने, व्यावहारिक कार्यशालामा भाग लिने, र व्यावसायिक सञ्जाल विस्तार गर्ने अवसर पनि प्रदान गर्नेछ l 

नेपालमा एआई शिक्षाको विकासलाई अन्तर्राष्ट्रिय स्तरमा अघि बढाउने यो कार्यक्रमले सहभागीहरूलाई ज्ञान, अनुभव, र अवसरहरू उपलब्ध गराउनेछ। भविष्यका लागि प्रविधि क्षेत्रमा नेपाललाई एक अग्रणी केन्द्रको रूपमा उभ्याउने दिशामा यो महत्वपूर्ण कदम बन्ने अपेक्षा गरिएको छ।