खुल प्रसाद हुमागाईंलाई ‘राष्ट्रिय गौरव सम्मान २०२४’ प्रदान
News Desk
Dec-27 , 2024 तारिख 12:13 बिहान

काठमाडौं, पुस ११ - नवप्रभात डेरीका अध्यक्ष खुल प्रसाद हुमागाईंलाई देशको आर्थिक विकासमा पुर्याएको महत्वपूर्ण योगदानको कदरस्वरूप ‘राष्ट्रिय गौरव सम्मान २०२४’ प्रदान गरिएको छ।

ग्लोरी मिडियाले एनटिभी प्लस, नेपाल टेलिभिजन हुँदै हाल एनटिभी न्युजमा प्रसारण हुँदै आएको लोकप्रिय कार्यक्रम ‘सचेतना’ १५ वर्ष पूरा गरी १६औं वर्ष प्रवेश गरेको अवसरमा आयोजित ‘ग्लोरी टिन एण्ड किड्स ट्यालेण्ट्स २०२४’ को प्रथम संस्करणमा हुमागाईंलाई सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा नेपाल डेरी एशोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, ग्लोरी मिडिया प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक सरोज ओझाले हुमागाईंको चार दशक लामो दुग्ध व्यवसायमा सक्रिय भूमिका र देशको आर्थिक विकासमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान-पत्र हस्तान्तरण गरेका थिए।

सम्मान समारोहमा नेपाल डेरी एशोसिएसनका बागमती प्रदेश अध्यक्ष टिका घिमिरेलगायतको उपस्थिति रहेको थियो।

गत मंसिर ३० गते राष्ट्रिय नाचघर, जमलमा सम्पन्न कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठ, साल्ट ट्रेडिङ कर्पोरेशन लिका प्रमुख कार्यकारी अधिकृतलगायत प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

 सो दिन उपस्थित हुन नसकेका हुमागाईंलाई विशेष समारोहको आयोजना गरी बिहीबार सम्मान पत्र प्रदान गरिएको हो।

ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले हुमागाईंको निरन्तरको योगदानको प्रशंसा गर्दै दीर्घायु र उज्ज्वल भविष्यको कामना गरेका छन।