आचार्यसहित तीनको सह सचिवमा बढुवा
News Desk
Dec-27 , 2024 तारिख 02:40 बेलुका

काठमाडौँ, मंसिर ११ । गण्डकी प्रदेश शिक्षा निर्देशनालय प्रमुख अम्बिका प्रसाद आचार्य  सहसचिवमा बढुवा हुनु भएको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल शिक्षा सेवाका आचार्यसहित नेपाल वन सेवाका राजेन्द्र कुमार बासुकला र नेपाल विविध सेवातर्फका आदेश खड्का सहसचिव अर्थात राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा हुनुभएको हो । 

लोक सेवा आयोगको मङ्सिर  १० गते बसेको बैठकको निर्णयअनुसार विभिन्न सेवाका पदहरूमा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवाका लागि सिफारिश गरिएको सामान्य प्रशासन मन्त्रालयले जानकारी गराएको छ  ।