यस वर्षको एन प्लस प्रोफेस्नल मिस्टर मोडेल अफ द इयर २०२४ को उपाधि प्रथम ठाकुरलाई
News Desk
Dec-29 , 2024 तारिख 10:10 बेलुका

एभरेस्ट इभेन्ट्सले आयोजना गरेको एन प्लस प्रोफेस्नल मिस्टर एन्ड मिस मोडेल अफ द इयर सिजन ४ २०२४ को भव्य कार्यक्रम बुधवार, पुस १० गते, राष्ट्रिय नाचघर, जमलमा सम्पन्न भएको छ।  यस कार्यक्रममा विभिन्न विधागत पुरस्कारहरूको घोषणा गर्दै विजेताहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो। यस वर्षको मिस्टर मोडेल अफ द इयर २०२४ को उपाधि प्रथम ठाकुरले जित्नुभएको छ भने मिस मोडेल अफ द इयर २०२४ को उपाधि दृश्या पाण्डेले प्राप्त गर्नुभएको छ। यस्तै, टिन मोडेल अफ द इयर २०२४ का विजेता साहिल थापा र जोया महर्जन बन्नुभएको छ। कार्यक्रमका अन्य विधागत पुरस्कारहरूमा ब्युटी विथ ब्रेन विधामा श्रीष्टी मभधबल विजयी हुनुभएको छ भने ब्रान्ड एम्बासडर का रूपमा अंकित कार्की र सुदिप्ति के।सी। चयन हुनुभएको छ। अर्गनाइजर च्वाइस अवार्ड को विजेता सन्देश श्रेष्ठ र स्नेहा खड्का बन्नुभएको छ । रनर–अप का रूपमा फस्ट रनर–अप विषप मलाकार र अपांक्षा चौधरी, सेकेन्ड रनर–अप निश्चल खत्री र श्रेय श्रेष्ठ, र थर्ड रनर–अप अश्विन गुरुङ चयन हुनुभएको छ । विजेताहरूलाई रु २५,००० नगद पुरस्कार, ब्रिटिश कलेज, एआइटीएम कलेज, एभरेस्ट फिल्म एकेडेमी, र फ्लाइटेक इन्टरनेशनल एयरहोस्टेस एकेडेमीबाट विशेष छात्रवृत्तिहरू र महिला विजेताहरूका लागि बेसिक मेकअप तालिम, आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।  साथै ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्टले फ्री आईल्ट्स क्लास दिएको छ । 

कार्यक्रममा विभिन्न प्रतिष्ठित निर्णायकहरूमा वरिष्ठ ब्यूटिसियन र मेकअप आर्टिस्ट रुष्का श्रेष्ठ, म्यान हन्ट इन्टरनेसनल २०१२  सनीश शाक्य, फेशन डिजाइनर सुकनीता चौलागाईं , मिस टुरिजम क्विन इन्टरनेशनल नेपाल २०२४ की पुजा पाख्रिन , मोडल एवं इन्फ्लुएन्सर तथा मेकअप आर्टिस्ट सुपर मोडल २०२२  सिद्धार्थ तामाङ , र फेशन र रनवे मोडल  स्मृति श्रेष्ठको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख साझेदारहरू र समर्थकहरूको सम्मान आयोजक कृष्ण श्रेष्ठ (रो बेन) द्वारा गरिएको थियो। साथै एकेडेमी पाटनरमा द ब्रिटिश कलेज र एआइटीएम कलेज समावेश थिए ।  कार्यक्रमको कोरियोग्राफी अर्षु  महर्जन र सुगन्धा अधिकारीले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन रोजिन शाक्यले गर्नुभएको थियो । साथै आयोजक संस्था  एभरेस्ट इभेन्ट्सका सीईओ कृष्ण श्रेष्ठ (रो बेन) हुनुहुन्थ्यो । साथै यस कार्यक्रमको प्रत्यक्ष प्रसारण काष्ठमण्डप टेलिभिजन मार्फत भएको थियो ।