खोटाङमा बालविवाह गर्ने बेहुलासहित दुईजना पक्राउ
News Desk
Dec-30 , 2024 तारिख 12:15 बेलुका

Pic : is just a symbolic

खोटाङमा बालविवाह गर्ने बेहुलासहित दुईजना पक्राउ परेका छन। जिल्ला प्रहरी कार्यालय खोटाङले बालविवाह गर्ने युवकसहित २ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार १३ वर्षीया बालिकासँग बिहे गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २८ वर्षीय रमेश राई र बिहे  गराउने आफन्त कमला राईलाई पक्राउ परेका हुन। 

गत पुस ८ गते बालिकासँग विवाह गर्ने रमेशलाई पुस १२ गते र कमलालाई पुस १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक मोहन पोखरेलले बताए। 

पक्राउ परेका बेहला रमेश र आफन्त कमला दुवैजनाविरुद्ध बालविवाह अन्तर्गतको कसुरमा मुद्दा चलाइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पोखरेलले बताए। 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको महिला विकास शाखाले मंसिर १४ र १५ गते जालपामा बालविवाह न्यूनीकरणसम्बन्धी क्षमता विकास तालिम सञ्चालन गरेको थियो। उक्त कार्यक्रमको प्रभावस्वरुप बालविवाहसम्बन्धी सूचना प्रहरीले पाएपछि संलग्नहरु पक्राउ परेका हुन।