News Desk
काठमाण्डौं । बनौ हामी लायन्स गीतका सर्जक तथा लायन्स क्लव अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धका संस्थापक अध्यक्ष लायन नारायण रेम्मी लायन्स अन्तराष्ट्रिय मेडलबाट सम्मानित हुनुभएको छ । क्याविनेटका क्लस्टर कोचिफ समेत रहनुभएका रेग्मी ईन्टरनेशनल प्रेसिडेण्ट अवार्ड पदकबाट सम्मानित हुनुभएको हो । पर्वत जिल्लाको कुश्मामा आयोजित डिस्ट्रिकको तेस्रो क्याबिनेट बैठकमाझ लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ आईका डिस्ट्रिक गभर्नर लायन बिनोद ढुंगानाले उक्त मेडल घोषणा तथा वितरण गर्नुभएको थियो ।
लायन रेग्मी सोहि मेडलबाट यस अघि पनि सम्मानित भैसक्नुभएको छ । रेग्मी जोन चेयर पर्सन हुँदा लायन वर्ष २०२३र२४ का तत्कालिन गभर्नर लायन चन्द्र कुमार केसी ले उहाँलाई सम्मान गर्नुभएको थियो । लायन्स क्लव अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धका वर्तमान अध्यक्ष लायन मधुसुधन पराजुलीले संस्थापक अध्यक्ष लायन रेम्मी सम्मानित हुनुभएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । यस वर्षका लायन्स खुशीयाली बाडौं अभियानका प्रवर्तक रहनुभएका पराजुलीले संचालन गर्नुभएको उक्त अभियान हाल लायन वृत्तमा चर्चामा रहेको भन्दै संस्थापक अध्यक्ष रेग्मीले खुसी व्यक्त गर्दै सम्मानित हुन पाएकामा गर्व महशुस भएको जनाउनुभएको छ ।