दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु भएका १७९ मध्ये १७४ जनाको शव पहिचान
News Desk
Jan-01 , 2025 तारिख 12:51 बेलुका

दक्षिण कोरियाको दक्षिणपश्चिमी विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा मृत्यु भएका १७९ मध्ये १७४ जनाको शव पहिचान भएको यातायात मन्त्रालयले मङ्गलबार जनाएको छ।
यातायात मन्त्रालयका अनुसार बाँकी पाँच जनाको शव पहिचान हुन सकेको छैन।

पहिचान भएका चार जनाको शव शोक सन्तप्त परिवारलाई हस्तान्तरण गरिएको र उनीहरुको अन्त्येष्टि सुरु भएको मन्त्रालयले जनाएको छ।

अधिकारीहरूले यसअघि सबै शव परिवारलाई हस्तान्तरण गर्न १० दिन लाग्न सक्ने बताएका थिए।

जेजु एयरको बोइङ ७३७–८०० विमान सियोलबाट २९० किलोमिटर दक्षिणपश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो। रासस/सिन्ह्वा