नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर
News Desk
Jan-01 , 2025 तारिख 05:38 बेलुका

नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर अवस्थामा रहेको छ । आज सुनको मूल्य एक हजार ४०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज चाँदीको मूल्य स्थिर रहेको छ ।

आजको बजारमा चाँदी मंगलबारको बजारमा कायम मूल्यलाई आधार मानेर कारोबार हुने भएको हो । आज चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।