नेपालकी प्रथम महिला राजदूत विन्देश्वरी शाहको निधन
News Desk
Jan-03 , 2025 तारिख 01:24 बिहान

काठमाडौं | नेपालकी प्रथम महिला राजदूत विन्देश्वरी शाहको ९२ वर्षको उमेरमा आज बिहान निधन भएको छ।

स्वर्गीय शाहले परराष्ट्र सेवामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै विसं २०४४ मा भारतका लागि नेपाली राजदूतको रूपमा नियुक्ति पाएकी थिइन्।

उनको निधनप्रति परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेकी छिन्। मन्त्री डा. राणाले आज दिउँसो काठमाडौंको कालिमाटीस्थित स्वर्गीय शाहको निवासमा पुगेर पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जलि प्रदान गरेकी हुन्।

नेपालको कूटनीतिक इतिहासमा शाहको भूमिका उदाहरणीय मानिन्छ।