बझाङको मष्टा गाउँपालिका- १ कोटदेवलमा जीप दुर्घटना ,चालकको मृत्यु
News Desk
Jan-03 , 2025 तारिख 12:09 बेलुका

बझाङ जिल्लाको मष्टा गाउँपालिका- १ कोटदेवलमा जीप दुर्घटना एकजनाको मृत्यु भएको छ । जीप चालक मष्टा गाउँपालिका-१ रनाडाका ४२ वर्षीय  धर्म थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जीप भातेखोलाबाट रनाडा जाने क्रममा मष्टा गाउँपालिका-१ कोटदेवलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। जीप सडकबाट १०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

जीपमा चालक थापा मात्रै सवार रहेको मष्टा गाउँपालिका-१ का वडाध्यक्ष रामचन्द्र रोकायाले बताए ।