आजको मौसम
News Desk
Jan-03 , 2025 तारिख 12:14 बेलुका

तराईका विभिन्न क्षेत्रमा शुक्रबार बिहान बाक्लो हुस्सु लागेको छ। लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने देशका अन्य भागमा मौसम सामान्य रूपमा खुला रहेको छ।

दिउँसो गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहँदा बाँकी क्षेत्रहरूमा मौसम खुला रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै, आज राति पनि गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भागहरूमा मौसम खुला रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ।