News Desk
शुक्रबार दिउँसो भक्तपुर नगरपालिका-१, सिद्धपोखरी दुधपाटीमा एक स्कूटरमा आगलागी भएको छ। बा ०२-०४२प २५६३ नम्बरको रातो रङको स्कूटर, जसलाई एलिस कोजुले चलाउँदै थीन्, ब्रेक लगाउने क्रममा अनियन्त्रित भएर पल्टिँदा अचानक आगलागी भएको हो।
आगलागीबाट स्कूटर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने चालक एलिस कोजु सामान्य घाइते भएकी छन।
राजेश तामाङको नाममा दर्ता गरिएको उक्त स्कूटरमा लागेको आगो जुद्ध बारुण यन्त्र कार्यालय, भक्तपुरको दमकलले नियन्त्रणमा लिएको छ।
हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रशासनले जानकारी दिएको छ।