News Desk
काठमाडौं। सबल न्यूज डटकमका सम्पादक प्रेम पुन्थोकीलाई मातृशोक परेको छ। उहाँकी पूजनीय आमा हरिकला पुन्थोकीको निधन भएको छ। स्वर्गीय पुन्थोकीको निधन गत पौष १६ गते, ६७ वर्षको उमेरमा भएको हो।
स्वर्गीय हरिकला पुन्थोकीको असामयिक निधनले पुन्थोकी परिवार शोकाकुल बनेको छ। ममतामयी, सरल स्वभावकी स्वर्गीय पुन्थोकी परिवारप्रति सदैव स्नेही रहनुभएको थियो।
उहाँको आत्माको चिरशान्तिको कामना गर्दै सम्पादक प्रेम पुन्थोकी तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।
राज्य दैनिक परिवार पनि यो दुःखद घडीमा पुन्थोकी परिवारसँग सहानुभूति प्रकट गर्दछ।