ऋतु भट्टराई राष्ट्रिय कार्य समन्वय समूह (NACG) को अध्यक्षमा निर्वाचित
News Desk
Jan-06 , 2025 तारिख 12:57 बेलुका

काठमाडौं, नेपाल — बाल अधिकारको क्षेत्रमा क्रियाशील १६ वटा राष्ट्रिय सञ्जालहरूको साझा मञ्च तथा समन्वय समूह, राष्ट्रिय कार्य समन्वय समूह (NACG) को अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनबाट ऋतु भट्टराई अध्यक्षमा निर्वाचित हुनुभएको छ। उहाँ बाल अधिकारका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ। भट्टराईले बालबालिकाको संरक्षण, शिक्षा, र अधिकारका क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ।

त्यस्तै, गैसस महासंघ ललितपुर शाखा अध्यक्ष तथा लू निभाःका कार्यकारी निर्देशक नरेन्द्र डंगोल सह-अध्यक्षमा निर्वाचित हुनुभएको छ। डंगोलले सामाजिक विकास, मानवअधिकार, र बाल संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आउनुभएको छ।

नव-निर्वाचित नेतृत्वले आगामी कार्यकालमा बाल अधिकार प्रवर्द्धन, नीति निर्माणमा पैरवी, र समन्वयात्मक अभियानहरू सञ्चालन गर्दै राष्ट्रव्यापी अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन।

राष्ट्रिय कार्य समन्वय समूह (NACG) ले नेपालमा बाल अधिकारको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूसँग सहकार्य गर्दै नीति निर्माण, सचेतना, र सुधारका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।