७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
News Desk
Jan-07 , 2025 तारिख 07:41 बिहान

गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सहसचिव र उपसचिव गरी १२ जना कर्मचारीको आज सरुवा गरेको छ। 

हालका गृहप्रवक्ता ऋषिराम तिवारीलाई काठमाडौँको प्रजिअमा पठाइएको छ। काठमाडौँमा कार्यरत जयनारायण आचार्यलाई गृह मन्त्रालयमा ल्याइएको छ। 

सुनसरीको प्रजिअमा धर्मेन्द्रकुमार मिश्र, कैलालीमा गोगनबहादुर हमाल, सर्लाहीमा तुलसीबहादुर श्रेष्ठ, मोरङमा इन्द्रदेव यादव, झापामा गोपालकुमार अधिकारी र सल्यानमा सवित्रा पुनलाई पठाइएको गृह मन्त्रालयले जानकारी दिएको छ।