शीतलहरका कारण सडक चिप्लो बनेपछि गएरातिबाट राजमार्ग अवरुद्ध
News Desk
Jan-08 , 2025 तारिख 12:58 बेलुका

शीतलहरका कारण सडक चिप्लो बनेपछि गएराति नवलपरासी पश्चिमको पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ।

नवलपरासीको बर्दघाट नगरपालिका-४, खुर्सानी खोलास्थित पूर्व-पश्चिम राजमार्गमा गएराति १:४० बजेबाट हुस्सु र शीतलहरका कारण यातायात प्रभावित भएको हो। जिल्ला प्रहरी कार्यालय, नवलपरासी पश्चिमका सूचना अधिकारी डीएसपी रेशम बोहराका अनुसार, सडक चिप्लो हुँदा सवारी आवागमनमा कठिनाइ देखिएको छ।

बिहान ३:१५ बजेदेखि एकतर्फी आवागमन सुचारु गरिए पनि चिप्लोपनका कारण मालवाहक सवारी साधन सञ्चालनमा अझै समस्या भइरहेको बोहराले जानकारी दिए। दुईतर्फी आवागमनलाई सहज बनाउन आवश्यक प्रयास जारी रहेको उनले बताए।