आजको मौसम
News Desk
Jan-08 , 2025 तारिख 01:03 बेलुका

देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव देखिएको छबुधबार बिहान देशका पहाडी क्षेत्रमा आंशिक बदली छ भने तराईका धेरै स्थानहरूमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। हुस्सु र कुहिरोका कारण तराई–मधेसको जनजीवन प्रभावित भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशका अन्य भूभागको मौसम भने हाल प्रायः सफा रहेको छ।

महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको चेतावनीमा, आगामी २४ घण्टासम्म तराई र उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको उल्लेख छ।

यसले दैनिक जनजीवन, स्वास्थ्य, यातायात र हवाई उडानहरूमा आंशिक असर पार्न सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।