News Desk
नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबारको बजारमा छापावाला सुन एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ ।
यस दिन चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा नै खरिदबिक्री भईरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा नै खरिदबिक्री भएको थियो ।