News Desk
पूर्वी नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी खोलामा रहेको पुल भासिँदा पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
विनय त्रिवेणी गाउँपालिका–२ स्थित उक्त पुल शुक्रबार साँझ साढे ५ बजेतिर भासिएको हो। पुल भासिएपछि पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।
पुल भासिनुको कारण अत्यधिक भारसहितको भारतीय मालवाहक लरीलाई मानिएको छ। पुलबाट पास हुने क्रममा भारतीय हेभी ट्रक (नम्बर NL 01 AH 5179) का कारण पुल भाँचिएको हो।
नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले प्रहरी र चाइना स्टेट कम्पनीलाई डाइभर्सन निर्माण गर्न निर्देशन दिएका छन्। तर, तत्काल बाटो खुल्ने अवस्था नरहेको जानकारी दिएका छन्।
पुल भासिएपछि यात्रुहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न सुझाव दिइएको छ। सम्बन्धित निकायहरूले शीघ्र मर्मत कार्य सुरु गर्ने तयारी गरेका छन्।