News Desk
आज पुस २७ गते, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विविध कार्यक्रमहरू आयोजना गरी मनाइँदैछ। वि।सं। १७७९ पुस २७ गते गोरखामा जन्मिएका शाहले नेपाल एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
यस अवसरमा सिंहदरबारको पश्चिम मूल ढोकाअघि रहेको शाहको सालिक परिसरमा विशेष कार्यक्रम आयोजना गरिनेछ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको छ, जसमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निमन्त्रणा गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गरेका छन।
यसैबीच, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्ती मनाउन राजनीतिक सौदाबाजी गर्नुपर्ने अवस्था आएको भन्दै असन्तोष व्यक्त गरेका छन।
पृथ्वीनारायण शाहले वि।सं। १८०१ मा नुवाकोट विजय गरी नेपाल एकीकरणको अभियान सुरु गरेका थिए। उनको नेतृत्वमा नेपाल एकीकरण सम्पन्न भई आधुनिक नेपालको निर्माण भएको थियो।
यस ऐतिहासिक दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरी राष्ट्रनिर्माता शाहप्रति श्रद्धाञ्जलि अर्पण गरिंदैछ।