News Desk
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यस आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका छन। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा लामिछानेविरुद्ध मुद्दा दर्ता भएको छ।
उनीमाथि विभिन्न सहकारी संस्थाहरूमा ठगी आरोपमा मुद्दा दर्ता भएका छन। उनीमाथि रूपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन, र पर्साको सानो पाइला सहकारीमा ठगी गरेको आरोप लागेको छ। यी जिल्लाहरूमा पनि उनीविरुद्ध मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढिरहेको छ।
यसअघि, पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो। धरौटीमा रिहा भएपछि उनी शुक्रबार काठमाडौँ आइपुगेका थिए।
प्रहरीले लामिछानेविरुद्ध ठगी, सङ्गठित अपराध, र सम्पत्ति शुद्धीकरण जस्ता अभियोगमा अनुसन्धान गरिरहेको छ, जुन अन्तिम चरणमा पुगेको बताइएको छ।