News Desk
५८ वर्षको उमेरमा फोटोग्राफी सिकेर वाइल्डलाइफ फोटोग्राफीमा आफूलाई स्थापित गर्न सफल प्रेरणादायी व्यक्तित्व चुङवा शेर्पाको असमयिक निधनले सबैलाई स्तब्ध बनाएको छ। नेपालमा मात्र नभई अफ्रिकाका जंगलहरूमा समेत उहाँले बिताएका कयौं दिनहरू, विभिन्न जनावरहरूको अद्वितीय फोटो खिचेर बनाएको आफ्नो पहिचानले फोटोग्राफीको क्षेत्रमा नयाँ इतिहास रच्नुभयो।
उहाँको अथक परिश्रम, समर्पण, र कला प्रती मानवताको सम्मान सधैं प्रेरणाको स्रोत बन्नेछ।
हामी उहाँको आत्माको चीर शान्तिको कामना गर्दछौं र शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।