News Desk
'स्वच्छ खाना : उत्कृष्ट व्यापार’ को नारासहित काठमाडौ महानगरपालिकाले आइतबार परम्परागत खाद्य मेला आयोजना गरेको छ।
रैथाने तथा मौलिक खानाका परिकार उत्पादन गर्ने सिपलाई रचनात्मक उद्योगका रूपमा प्रवर्धन गर्ने उद्देश्यले दरबार हाई स्कुलको प्राडंगणमा यो मेला गरेको महानगरले जनाएको छ।
काठमाडौंका जात्रापर्व, धार्मिक, सामाजिक तथा साँस्कृतिक रीतिरिवाजसँगै ऋतुअनुसार बनाइने स्थानीय खाद्य वस्तु मेलाका आकर्षण थिए।
मौलिक स्वादका रैथाने एवम स्थानीय खानाका परिकार अन्तर्गत ‘एक वडा ः एक उद्यम’ उत्पादित खाद्य वस्तु प्रदर्शनीमा थिए।
१६ स्टल रहेको मेलामा रैथाने तथा मौलिक खाना नेवाः परिकारका साथै स्थानीय उद्योगले उत्पादन गरेका विभिन्न सामग्री प्रदर्शनीमा राखिएको थियो।