News Desk
कार्कीले अनेरास्ववियुमा हिक्मत कार्की, राजेन्द्र राई, र शेरधन राईसँगै काम गरेका एमालेका पुराना नेता हुन्। उनी २०७४ को प्रदेशसभा निर्वाचनमा उदयपुर क्षेत्र नम्बर १ (१) बाट निर्वाचित भएका थिए। पहिलो कार्यकालमा जनसरोकारका विषयमा सक्रिय रहँदै प्रश्न उठाउने सांसदको रूपमा परिचित भए।
एमाले उदयपुरका उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका कार्की २०८० असोजमा एमाले प्रदेश कमिटीको निर्वाचनमा पराजित भएका थिए। निर्वाचनपछि उनले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा आलोचनात्मक अभिव्यक्ति दिन थाले।
पार्टीभित्रको विवादमा भीम रावल, बिन्दा पाण्डे, र उषा किरण तिम्सेनालाई स्पष्टीकरण सोध्ने पार्टी निर्णयको विपक्षमा उभिएका कार्कीलाई पनि कारवाहीको भागीदार बनाइएको छ।
कार्कीले प्रदेश नेतृत्वले आफूमाथि कारवाहीको निर्णय गरिसकेको जानकारी पाए पनि अहिलेसम्म औपचारिक रूपमा पत्र प्राप्त नगरेको दाबी गरेका छन्।