त्रिपाठीमाथि हातपात गर्नेलाई ज्यान मार्ने उद्योग र आपराधिक उपद्र्वको आरोपमा ७ दिनको म्याद थप 
News Desk
Jan-17 , 2025 तारिख 12:48 बेलुका

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कुटपिट गर्नेविरुद्ध ज्यान मार्ने उद्योग र आपराधिक उपद्र्वको कसुरमा जाहेरी दिएका छन।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार त्रिपाठीले बिहीबार सिंहदरबार वृत्तमा जाहेरी दर्ता गरेका हुन। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउने प्रयास भइरहेको जनाएको छ।

अदालत परिसरमा कुटपिट लगत्तै प्रहरीले दोलखाका ललित केसीलाई पक्राउ गरेको थियो। उनीविरुद्ध ज्यान मार्ने उद्योग र आपराधिक उपद्र्वको आरोपमा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

अन्य संलग्नहरूको पहिचान गरी कारबाही गर्ने प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ।

बुधबार स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जाहेरवालाको तर्फबाट बहस सकेर बाहिरिँदै गर्दा त्रिपाठीलाई रवि लामिछानेका समर्थकहरूले हातपात गरेका थिए। उक्त घटनाले चौतर्फी निन्दा खेपेको छ, र दोषीमाथि कडा कारबाहीको माग उठाइएको छ।