राष्ट्रपति पौडेलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिए बधाई
News Desk
Jan-21 , 2025 तारिख 02:03 बेलुका

राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो कार्यकालको बधाई ज्ञापन गरेका छन्।

मंगलबार बिहान ट्विटरमार्फत राष्ट्रपति पौडेलले ट्रम्पलाई अमेरिकाको ४७औँ राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेको अवसरमा बधाई दिएका हुन। उनले ट्रम्पको आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै नेपाल-अमेरिकाबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास पनि व्यक्त गरेका छन्।

पौडेलले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न दुई देशबीचको सहकार्यमा नयाँ आयाम थपिने अपेक्षा गरेको संकेत गरेका छन्।