News Desk
नेपाल प्रहरीको उपरीक्षक (एसपी) पदका लागि ३७ जनाको बढुवा प्रक्रिया तयारी चरणमा पुगेको छ। तीन अलग समूहका प्रहरी निरीक्षक र उपरीक्षकको बढुवामा सहभागी टोली प्रतिस्पर्धामा छन।
२०६१ जेठमा प्रहरी निरीक्षकमा भर्ना भएका १४ जना, सोही वर्ष असारमा वैकल्पिक रूपमा भर्ना भएका १० जना र २०६२ भदौमा भर्ना भएका १० जना प्रमुख दाबेदार मानिएका छन। उनीहरू सबै २०७२ चैत १६ गते डीएसपीमा बढुवा भएका थिए।
उक्त समूहका ४६ डीएसपीमध्ये हाल ३४ जना कार्यरत छन। तीमध्ये ३० जनालाई एसपीमा बढुवा गर्ने तयारी छ भने चार जनालाई छुटाउने सम्भावना रहेको छ।
त्यस्तै, २०६२ चैतमा भर्ना भएर २०७४ साउन १९ गते डीएसपीमा बढुवा भएकामध्ये ७ जनालाई एसपीमा बढुवा गर्ने योजना छ। यस समूहमा ३५ जना प्रतिस्पर्धामा छन।
२०६१ जेठमा भर्ना भएका १४ जना सबैभन्दा वरिष्ठ हुन। उनीहरूमा नवीनकृष्ण भण्डारी, दीपक गिरी, रविन कार्की, तिलक भारती, दीपक श्रेष्ठ, सुमित खड्का, सूर्यबहादुर खड्का, प्रेमबहादुर शाही, महेन्द्र नेपाल, किशोर श्रेष्ठलगायत छन।
यस्तै, २०६१ असारमा भर्ना भएका टेकबहादुर कार्की, युवराज खड्का, कुलदीप चन्द, महेश थापा, राजन चापागाईंलगायत पनि एसपी बन्ने बलियो सम्भावना छ।
२०६२ भदौमा भर्ना भएका दानबहादुर थापा, पवनकुमार भट्टराई, निशान थापा, सुदीप पाठकलगायतको नाम पनि सम्भावित सूचीमा छ।
हाल एसपी पदमा ३७ पद रिक्त छन। २५ जना एसएसपीमा बढुवा भइसकेकाले रिक्त दरबन्दीमा एसपी बढुवाको प्रक्रिया अघि बढाइएको हो।
बढुवा समितिले विभिन्न चरणमा छलफल गरी प्रारम्भिक सूची तयार गरिसकेको छ र अब अन्तिम सूची प्रकाशित गर्ने तयारी भइरहेको छ।