News Desk
काठमाडौं, माघ १८ – काठमाडौंको डल्लुस्थित लिटिल बुद्धज एकेडेमीले माघ १८ गते अभिभावक दिवस भव्य रूपमा मनाउने तयारी गरेको छ। यसैगरि विद्यालयले यस वर्ष माघ २१ गतेको सरस्वती पूजासमेत विशेष कार्यक्रमका साथ मनाउने जनाएको छ। सरस्वती पूजाको अवसरमा विद्यालयले प्ले ग्रुप (PG), नर्सरी र किन्डरगार्टेन (KG) कक्षाका लागि नयाँ भर्ना खुला गरिएको जानकारी गराएको छ।
विद्यालयका संस्थापक तथा प्रिन्सिपल नारायण कुमार कार्कीका अनुसार लिटिल बुद्धज एकेडेमी नवीन शिक्षण अवधारणासहित बालमैत्री शिक्षण प्रणाली अवलम्बन गर्दै अघि बढिरहेको छ। विद्यालयले गुणस्तरिय शिक्षा तथा अतिरिक्त क्रियाकलापलाई विशेष प्राथमिकता दिँदै देशका लागि सक्षम रअसल नागरिक उत्पादन गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो।
विद्यार्थी र अभिभावकको चाहना तथा सपनालाई साकार पार्ने उद्देश्यका साथ विद्यालय अघि बढेकाले अभिभावकमाझ लोकप्रियता हासिल गरेको विद्यालय प्रशासनको भनाइ छ।