तनहुँ बालाजु सम्पर्क समाजले भानुमा माघ​ १७ र​ १८ ग​ते बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना ग​र्ने
News Desk
Jan-29 , 2025 तारिख 04:33 बेलुका

भानु, तनहुँ – तनहुँ बालाजु सम्पर्क समाजको आयोजना तथा भानु नगरपालिकाको समन्वयमा आगामी २०८१ माघ १७ र १८ गते भानु नगरपालिका-२ स्थित भानु सामुदायिक स्वास्थ्य केन्द्र, नारेश्वरटारमा दुई दिने "बृहत् नि:शुल्क स्वास्थ्य शिविर" सञ्चालन गर्न लागिएको छ।

यस शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूद्वारा निशुल्क स्वास्थ्य परामर्श, उपचार तथा आवश्यक औषधि वितरण गरिने छ। स्थानीयवासी तथा अन्य इच्छुक व्यक्तिहरूलाई शिविरमा सहभागी भई स्वास्थ्य सेवा लिन अनुरोध गरिएको छ।

शिविर सञ्चालनका लागि सम्पर्क समिति टोली तथा चिकित्सकहरू माघ १६ गते नै निर्धारित गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन्। आयोजक संस्थाले यो शिविरमार्फत बढीभन्दा बढी सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।