दुर्घटनामा एक जनाको मृत्यु, १३ जना यात्रु घाइते
News Desk
Feb-01 , 2025 तारिख 11:30 बिहान

 तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित पृथ्वीराजमार्गमा शुक्रबार बिहान बस दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १३ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेहरूको उद्दार कार्य जारी रहेको छ भने उनीहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा पठाउने व्यवस्था गरिएको छ। सुरक्षाकर्मी तथा स्थानीयबासीको सहयोगमा उद्दार कार्य भइरहेको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको छ भने घाइतेहरूको अवस्थाबारे थप जानकारी संकलन भइरहेको छ।