गायिका एलिना चौहानले पतिविरुद्ध सम्बन्ध विच्छेदका लागि अदालतमा हालिन फिराद
News Desk
Feb-01 , 2025 तारिख 12:00 बेलुका

गायिका एलिना चौहानले पतिसँग सँगै बस्न नसक्ने अवस्थामा पुगेको भन्दै सम्बन्ध विच्छेदका लागि अदालतमा फिराद दिएकी छिन्। गत वैशाखमा बाग्लुङका विष्णु सापकोटासँग विवाह गरेकी एलिनाले बिहेपछि अस्ट्रेलिया गएकी थिइन्, जहाँ उनका पति बस्दै आएका थिए।

विवाहको सुरुवाती दिनमा उनले सामाजिक सञ्जालमा श्रीमानसँगका रोमान्टिक तस्वीर र अनुभवहरू सेयर गरेकी थिइन्। तर, पछि उनले श्रीमानबाट पीडित भएको बताउँदै गुनासो गर्न थालिन्।

काठमाडौं जिल्ला अदालतमा दायर गरिएको फिरादपत्रमा एलिनाले पतिबाट कुनै अंश दाबी नगर्ने र आफ्ना गरगहना तथा धनसम्पत्ति पनि नलिने उल्लेख गरेकी छन्। विवाह भएको एक वर्ष नपुग्दै सम्बन्धविच्छेदको माग गर्दै उनी अदालत पुगेकी हुन्।