‘संसद्कै मुखिया पनि नश्लवादी भएपछि हामी कहाँ न्याय माग्न जाने?’ : सिके राउत
News Desk
Feb-01 , 2025 तारिख 06:46 बिहान

जनमत पार्टीका अध्यक्ष एवं सांसद चन्द्रकान्त (सिके) राउतले आफूहरू अझै विभेदमा पर्ने गरेको गुनासो गरेका छन। शुक्रवारको प्रतिनिधिसभामा उनले आफूहरूलाई चिनेर पनि हेपाहा शैलीमा ‘भारतीय हो’ भन्दै प्रश्न गर्ने गरेको बताए। 

‘म त नेपालमा अझै रंगभेद देख्छु। भुटान, बर्मा वा अमेरिकाबाट आएको मान्छेलाई निर्वाध रुपमा छिर्न दीन्छ तर हामीलाई अनुहार हेरेर ‘भाइ आप भारत से आए हो’ भनेर प्रश्न गरिन्छ। रंगभेदका आधारमा यस्तो विभेद कायम छ।’

अध्यक्ष राउतले सभामुखमा नै नश्लवादी सोच रहेको आरोप लगाए। ‘संसद्कै मुखिया पनि नश्लवादी भएपछि हामी कहाँ न्याय माग्न जाने?’, उनले भने, ‘त्यसकारण यो अन्त्य हुनुपर्छ।’

आफ्नो पार्टीकी सांसद गोमा सापकोटालाई अनुशासनको कारबाही गरेर निलम्बनका लागि पटक–पटक निवेदन गर्दा पनि हटाउन अस्वीकार गरेयता जनमत सभामुखसँग असन्तुष्ट छ।

धेरै पढिएको