ठमेलमा आगलागी हुँदा ६५ लाख बराबरको धनमाल नष्ट
News Desk
Feb-02 , 2025 तारिख 12:15 बेलुका

काठमाडौँको ठमेलस्थित एक घरमा आज बिहान आगलागी हुँदा ६५ लाख बराबरको धनमाल नष्ट भएको छ। 

काठमाडौँ महानगरपालिका–२६ ठमेलका भविश्वर शर्माको घरको दोश्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।

प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो निभाएको थियो। आगो लाग्ने बित्तिकै सूचना प्राप्त भएकाले अधिक क्षति नभएको बताइएको छ।