अभिनेत्री अरुणिमा लम्सालले सामाजिक सञ्जालबाट हटाईन बिहेका तस्विरहरू
News Desk
Feb-03 तारिख 06:29 बिहान

अभिनेत्री अरुणिमा लम्सालले सामाजिक सञ्जालबाट बिहेका तस्विरहरू हटाएकी छिन। यतिखेर अरुणिमाको फेसबुक र इन्स्टाग्राममा श्रीमान र बिहेका तस्बिरहरू छैनन। 

गत भदौ ३ गते अरुणिमाले नेपाली कांग्रेसका युवा नेता युवराज श्रेष्ठसँग बिहे गरेकी थीन। श्रेष्ठ बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय नेता हुन। बराहक्षेत्र नगर कमिटीका उपसभापति समेत हुन।

बिहेपछि अमेरिकामा रहेकी अरुणिमाले तस्बिर हटाउनुका साथै युवराजलाई अनफलो समेत गरेकी छिन। दुबैले इन्स्टाग्राममा एकअर्कालाई फलो गरेको देखिँदैन। 

सामाजिक सञ्जालमा बिहेको फोटो हटाएपछि उनीहरूबीच सम्बन्ध बिग्रेको भनेर टिप्पणी हुन थालेको छ। 

यद्यपि, युवराजले भने बिहेको तस्बिरहरू हटाएका छैनन। बिहेको केही समयपछि श्रीमतीसँगै अमेरिका जाने भनेका युवराज नेपालमै छन। 

अरुणिमाको यो दोस्रो बिहे हो। यसअघि अरुणिमाले अमित अर्यालसँग पहिलो बिहे गरेकी थीन। पहिलो बिहे असफल भएपछि अरुणिमाले युवराजसँग मागी बिहे गरेकी थीन।

धेरै पढिएको