News Desk
सरकारको चेतावनीपछि नारायणघाट-बुटवल सडक विस्तारले तीव्रता लिएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गतको यो खण्डमा अहिले १८ स्थानमा कालोपत्रको काम भइरहेको छ। सूचना अधिकारी शिव खनालका अनुसार फेब्रुअरी महिनाभित्र गैँडाकोटदेखि दुम्कीबाससम्म एकतर्फी कालोपत्र सम्पन्न गर्ने योजना छ।
६५ किमी सडकमध्ये हालसम्म ४० किमी एकतर्फी कालोपत्र भइसकेको छ भने दाउन्नेसम्म पुर्याउन २२ किमीको काम बाँकी छ। निर्माणमा ५५० जना श्रमिक परिचालित छन्।
२०७५ मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसन लिमिटेड सँग सम्झौता भई २०७९ साउन २२ सम्म सम्पन्न गर्ने लक्ष्य थियो। तर, ढिलाइ भएपछि म्याद तेस्रो पटक २०८१ साउन ८ सम्म बढाइएको छ। चार महिना काम नगरेपछि सरकारले कारबाहीको चेतावनी दिएपछि निर्माण कम्पनी डिसेम्बर २०२४ बाट पुनः सक्रिय भएको हो।