News Desk
माघ -२१, काठमाडौं हाडीगाउँ स्थित सेन्ट जर्ज स्कुलमा सरस्वती पूजा एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रह्लाद दाहालकाे अध्यक्षतामा एवं समाजसेवी शिक्षाप्रेमी व्यक्तित्व दिप प्रसाद धमलाकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयाे।कार्यक्रममा काठमाडौं महानगरपालिका वडा न.५ कि सदस्य आरती सुनार विशेष अतिथिकाे रुपमा उपस्थित थिइन् भने विद्यालयका निर्देशक मनाेज कुमार दाहाल एवं प्र.अ.मेघराज बँजगाईकाे उपस्थित रहेको थियोे । विद्यालयका प्र.अ.मेघराज बँजगाईद्वारा स्वागत मन्तव्य राखी विद्यार्थीका माझ सरस्वती माताकाे स्तुति वाचन गरि कार्यक्रमकाे सुरुवात गरिएको थियोे।
कार्यक्रममा प्रमुख अतिथि धमलाले अहिले पछिल्लो समय सबै कुरामा नकारात्मक साेच आइरहेकाेमा सबैमा सकारात्मक साेच आओस् भन्दै माता सरस्वतीसँग आशिष मागे। विशेष अतिथि सुनारले आफू पढेकाे विद्यालयमा यसरी सहभागी हुन पाउँदा अत्यन्तै खुसी लागेकाे कुरा बताउँदै पहिले विद्यालयमा पढेका कुरा स्मरण गराइन्। अध्यक्ष दाहालले सरस्वतीकाे पूजा मात्र गरेर नहुने र सफलता प्राप्त गर्न निरन्तर मेहेनत र लगनशीलता चाहिने कुरा बताउँदै विद्यालयकाे बारे सबैलाई जानकारी गराए । कार्यक्रममा एक हप्ता अघि भएको साताव्यापी खेलकुद कार्यक्रममा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।खेलकुद सप्ताहमा फुटबल ,बास्केटबल ,चेस,ब्याटमिन्टन,कबड्डी,टेबुलटेनिस आदि खेलहरु समावेश गराइएका थिए ।
मनाेरञ्जनका लागि विद्यार्थीहरुले विभिन्न नृत्य लगायतका कला प्रस्तुती गरेका थिए ।अभिभावकका लागि खेल खेलाइएको थियोे । साे खेलमा सन्ध्या श्रेष्ठ प्रथम,उषा कार्की द्वितीय र सीता लामा तृतीय भएका थिए ।उनीहरूलाई पुरस्कारकाे पनि व्यवस्था गरिएको थियो ।नयाँ भर्ना भएका बालबालिकालाई अक्षरारम्भ गराई पुरस्कार स्वरुप कलम र कापी प्रदान गरिएको कुरा विद्यालयका निर्देशक मनाेज कुमार दाहालले बताए । फाल्गुन ३ गते शनिबार अभिभावक दिवस आयाेजना गरिने कुरा विद्यालयकी काेअर्डिनेटर बितिशा बुढाथोकीले बताइन् ।
सेन्ट जर्ज स्कुलमा विद्यार्थीहरुका लागि चौतर्फी विकासका लागि प्रायः कार्यक्रम आयोजना गर्ने गरिन्छ । फलस्वरूप विद्यार्थीहरु हरेक कुरामा पोक्त रहनेको स्पस्ट देख्न सकिन्छ । विद्यालयको इतिहास धेरै लामो भएको र विद्यालयमा नाति बर्ग अध्ययन गर्ने गरेको कुरा शिक्षिका उर्मिला काफ्लेले बताइन् ।