हनीट्रयाप प्रकरण: १० लाख बार्गेनिङ गर्ने महिला पक्राउ
News Desk
Feb-08 , 2025 तारिख 09:59 बेलुका

काठमाडौं – अष्ट्रेलियामा रहेका श्रीमान्कोमा जाने खर्च जुटाउन भन्दै एक पुरुषसँग नजिकिएकी २८ वर्षीया अस्मिता आचार्य हनीट्रयापको अभियोगमा पक्राउ परेकी छन्।

चितवन रत्ननगर नगरपालिका–८ घर भई काठमाडौंको कुलेश्वरमा बस्दै आएकी आचार्यले एक ५० वर्षीय इलेक्ट्रोनिक्स मर्मत गर्ने व्यक्तिसँग निकटता बढाउँदै कहिले ठमेलमा खाजा खान, कहिले सिनामंगलका होटलमा बस्ने प्रस्ताव राखेकी थिइन्।

योजनाअनुसार होटल पुगेपछि उनले ती पुरुषलाई धम्क्याउँदै, "१० लाख नदिए बलात्कारको मुद्दा लगाइदिन्छु" भन्दै रकम मागेकी थिइन्। बार्गेनिङ गर्दै ३ लाखमा सहमति भएपछि चेक लिँदै गर्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार आचार्यले योजनाबद्ध रूपमा पीडितलाई जालमा पारेर धम्क्याउने रणनीति अपनाएकी थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।