दक्षिणकालीमा विद्यालय बस दुर्घटना: चालक र एक बालकको मृत्यु, ३९ घाइते
News Desk
Feb-10 , 2025 तारिख 01:13 बेलुका

काठमाडौंको दक्षिणकाली नगरपालिका–३, फर्पिङमा आज अपराह्न एक विद्यालय बस दुर्घटना हुँदा चालक र एक ८ वर्षीय बालकको मृत्यु भएको छ। दुर्घटनामा परी घाइते भएका ३९ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार बा १ क ५६६४ नम्बरको विद्यालय बस विद्यार्थीलाई घर पुर्‍याउने क्रममा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटना स्थानीय समय अनुसार दिउँसो ४ बजे भएको बताइएको छ।

दुर्घटनापछि स्थानीय अभिभावकहरूले आफ्ना केही घाइते विद्यार्थीलाई आफैं उपचारका लागि लगेको प्रहरीले जनाएको छ। बाँकी ३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ।