नेपाली सुनचाँदी बजारमा सुनको मूल्य नयाँ रेकर्ड नजिक
News Desk
Feb-10 , 2025 तारिख 05:11 बेलुका

नेपाली सुनचाँदी बजारमा सुनको मूल्य नयाँ रेकर्ड नजिक पुगेको छ । सोमबार प्रतितोला एक हजार चार सय रुपैयाँले बढ्दै सुन रेकर्ड नजिक पुगेको हो । आज छापावाला सुन प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सुनको ऐतिहासिक मूल्य तोलामा एक लाख ७१ हजार रुपैयाँ थियो । आइतबार सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार नौ सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।