त्रिभुवन विश्वविद्यालयद्वारा ‘दीक्षान्त भाषणहरूको संग्रह २०७५-२०८१’ प्रकाशित
News Desk
Feb-11 , 2025 तारिख 10:59 बेलुका

त्रिभुवन विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाले ‘त्रिभुवन विश्वविद्यालय दीक्षान्त भाषणहरूको संग्रह २०७५-२०८१’ नामक पुस्तक प्रकाशनमा ल्याएको छ। यस संग्रहमा वर्ष २०७५ देखि २०८१ सम्म विभिन्न दीक्षान्त समारोहमा प्रस्तुत कुलपति, सहकुलपति, प्रमुख अतिथि र उपकुलपतिका भाषणहरू संकलित छन।

उक्त पुस्तकको विमोचन त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा। डा। केशरजङ्ग बरालले मिति २०८१ माघ २४ गते सम्पन्न एक विशेष कार्यक्रममा गर्नुभएको थियो।

यस संग्रहलाई त्रिवि केन्द्रीय कार्यालय, सामान्य प्रशासन महाशाखा अन्तर्गत स्टोर शाखाबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ।

पुस्तकको सम्पादन मण्डलमा त्रिवि रजिष्ट्रार प्रा। डा। केदार प्रसाद रिजाल संरक्षक रहनुभएको छ भने नेपाली केन्द्रीय विभागका प्रमुख प्रा। डा। कृष्णप्रसाद न्यौपाने संयोजक हुनुहुन्छ। सदस्यहरूमा प्रा। डा। जीवलाल सापकोटा, प्रा। डा। बलराम प्रसाईं, कुमार प्रसाद हुमागाईं, कमल घिमिरे रहनुभएको छ भने सूचना तथा जनसम्पर्क महाशाखाका निवर्तमान प्रमुख भीमबहादुर श्रेष्ठ सदस्य सचिव हुनुहुन्छ।

त्रिभुवन विश्वविद्यालयको ऐतिहासिक दीक्षान्त समारोहहरूमा व्यक्त गरिएका प्रेरणादायी विचार तथा मार्गदर्शनलाई संस्थागत रूपमा दस्तावेजीकरण गर्न यो संग्रह उपयोगी हुने विश्वास गरिएको छ।